१३ बैशाख २०८१, बिहिबार

कपिलवस्तुमा ठूलो समूहमा सलह किरा देखियो(भिडियोसहित)

प्रकाशित मिति :  29 June, 2020 4:07 pm


कपिलवस्तु,१५ असार ।

कपिलवस्तुमा ठूलो समूहमा सलह किरा देखा परेको छ ।

जिल्लाका बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् ।

आज दिउँसो कम्तिमा पनि करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान छ ।

नेपालमा शनिबारदेखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले अहिलेसम्म ठूलो समूहमा सलह प्रवेश नगरेको र धरै क्षति नगर्ने अनुमान गरेको थियो । कपिलवस्तुमा हेर्दा सलहको ठूलो संख्यामा नेपाल प्रवेश गरेको अनुमान गर्न थालिएको छ ।



प्रतिक्रिया दिनुहोस !