३ चैत्र २०८२, मंगलबार

रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु

प्रकाशित मिति :  17 March, 2026 12:52 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ तेबाङ भैसिपुरेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार दिउँसो परेको चट्याङका कारण स्थानीय २४ वर्षिया कृष्णा पुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ढुंगा र माटोले बनेको दुईतले, टिनको छानो भएको घरमा बसिरहेको अवस्थामा पुनमाथि चट्याङ परेको थियो। हावाहुरीसँगै आएको चट्याङले घरमै बसिरहेकी उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनाबारे स्थानीयवासीले फोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षकको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोली पुग्दा पुन मृत अवस्थामा फेला परेकी थिइन्। उनको टाउको जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !