नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण, ६३ जनाले मातृभाषामा शपथ
प्रकाशित मिति : 26 March, 2026 4:06 pm
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबार स्थित संसद्को अस्थायी भवनमा आयोजित समारोहमा सांसदहरूले औपचारिक रूपमा शपथ लिएका हुन्।
शपथ ग्रहण कार्यक्रमको सञ्चालन प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले गरेका थिए। उनले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संसद् सचिवालयका अनुसार कुल ६३ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्, जसले नेपालको भाषिक विविधताको झल्को प्रस्तुत गरेको छ।
शपथका लागि सांसदहरू आ–आफ्नै परम्परागत तथा सांस्कृतिक भेषभूषामा सिंहदरबार पुगेका थिए। कार्यक्रममा विभिन्न समुदायका पहिचान झल्किने पोशाकले विशेष आकर्षण थपेको थियो।
शपथ ग्रहणसँगै नवनिर्वाचित सांसदहरूले औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गरेका छन्।








