२० चैत्र २०८२, शुक्रबार

भारतमा व्यावसायिक एलपीजीको मूल्य प्रतिसिलिण्डर २ अमेरिकी डलरले बढ्यो

प्रकाशित मिति :  3 April, 2026 11:09 am


काठमाडौँ । मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्यमा भएको वृद्धिका कारण भारतमा बुधवारदेखि लागू हुनेगरी १९ केजीको व्यावसायिक खाना पकाउने ग्यास (एलपीजी) को मूल्य १९५.५० भारतीय रुपैयाँ (करिव २.०९ अमेरिकी डलर) ले वृद्धि गरिएको छ ।

एलपीजी व्यावसायिक होटल र रेस्टुरेण्टहरूमा खाना पकाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । यद्यपि १४.२ केजीको घरेलु एलपीजी सिलिण्डरको मूल्य भने ९ सय १३ भारतीय रुपैयाँ (करिव ९.७७ अमेरिकी डलर) मा यथावत रहेको छ ।

मूल्य वृद्धिपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा व्यावसायिक एलपीजी सिलिण्डर २ हजार ७८ रुपैयाँ ५० पैसा भारतीय रुपैयाँ (करिव २२.२५ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यसैबीच संघीय सरकारले मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ र एलपीजीको निरन्तर उपलब्धता सुनिश्चित गर्न विभिन्न कदम चालिरहेको बताएको छ ।

आन्तरिक खपतलाई सहयोग पु¥याउन रिफाइनरीहरूबाट घरेलु एलपीजी उत्पादन बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !