३० चैत्र २०८२, सोमबार

रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिति :  12 April, 2026 8:08 am


सांकेतिक तस्विर

रोल्पा । रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा–२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको हिजो साँझ भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

बाटोबाट झण्डै ६० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !