६ जेष्ठ २०८१, आइतबार

जीप दुर्घटनामा आमा र छोराको मृत्यु,तीन जना घाईते

प्रकाशित मिति :  30 June, 2020 8:37 am


काठमाडौं,१६ असार ।

मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा जीप दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् ।

मकवानपुरका मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना भएको हो ।

दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो । काठमाडौँबाट हेटौँडा फर्कर्नेक्रममा बा१३च ५९२९ नंम्बरको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । छोरा अनुजको उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुर्घटनामा परी चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । यस्तै घाईते डा.धिताल र छोरी वर्षाको उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !