८ जेष्ठ २०८१, मंगलबार

कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लुएचओको टोली चीन जाने

प्रकाशित मिति :  30 June, 2020 9:06 am


काठमाडौं,१६ असार ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन लगाउन एउटा टोली चीन पठाउने जानकारी गराएको छ ।

कोरोना भाइरसका कारण विभाजित विश्व र राजनीतिकरणकाबीच अझै डरलाग्दो अवस्था आउन बाँकी रहेको भन्दै डब्लुएचओले कोरोनाको स्रोत पत्ता लगाउन विशेषज्ञको टोली चीन पठाउन लागेको जानकारी गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

डब्लुएचओको टोली आउदो हप्ता चीन जानेछ र कोरोना भाइरस कहाँबाट सुरु भएको भन्ने विषयमा अनुसन्धान गर्नेछ ।
कोरोना भाइरसको स्रोत पत्ता लगाउन मेको सुरुदेखि नै डब्ल्यूएचओले बारम्बार आफ्ना विज्ञहरुलाई बोलाउन चीनलाई आग्रह गरेको थियो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अडानोम जिब्रियोसले एक भर्चुअल प्रेस सम्मेलनमा भने,‘जब हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा हुन्छ, हामी यसलाई अझ राम्रोसँग लड्न सक्षम हुन्छौं। यो कहाँबाट आएको हो भन्ने पत्ता लगाउनु पर्छ। अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं र हामी आशा गर्छौं कि यसले भाइरसको उत्पत्ति बुझ्न मद्दत गर्दछ। ’

यद्यपि उनले टोलीमा को हुने भनेर स्पष्ट पारेन, न त उनले आफ्नो लक्ष्य के हुने भनेर भने।

वैज्ञानिकहरू विश्वास गर्छन् कि यो भाइरस वुहानमा जनावरबाट मानिसकहाँ आएको हुनसक्छ जहाँ असाधारण जनावरहरूको मासु बेचिन्छ।
चीनबाट फैलिएको कारोना भाइरसका कारण अहिलेसम्म विश्वभर एक करोड दुई लाख मानिस संक्रमित बनेका छन् भने ५ लाख मनिसले ज्यान गुमाईसकेका छन् ।

कोरोना भाइरसलाई लिएर अमेरीका र चीनबीच विवाद भएको थियो । अमेरीकाले विश्व स्वास्थ्य संगठनले चीनलाई साथ दिएको भन्दै बाहिरिने घोषणा गरिसकेको छ । डब्लुएचओले भने कोरोनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !