२२ बैशाख २०८१, शनिबार

दाङमा विप्लव नेतृत्वको नेकपाद्धारा वडा अध्यक्षमाथी कुटपिट

प्रकाशित मिति :  30 June, 2020 2:30 pm


दाङ,१६ असार ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट गरेको छ ।

वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा विहान करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।

दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले चाररपाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको जानकारी दिए । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दलिएको छ ।

घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको छ ।

विप्लव नेतृत्व नेकपाको शान्तिनगर गाउँपालिकाका सेक्रेटरी कमलसिंहद्धारा हस्ताक्षरित विज्ञप्तिमा वडा अध्यक्ष डाँगीले स्थानीयमाथी गुण्डागर्दी शैलीमा कुटपिट गरेको,वडाभित्रको बजेट हिनामिना गरेको, जुवाताल खेल्न सकृय रहेको, राजनीतिक प्रतिसोध साध्दै जनतामाथी दुःख दिने गरेको लगायतका आरोप वडाअध्यक्षमाथी लगाईएको छ । ।



प्रतिक्रिया दिनुहोस !