कामिरिताको अर्को इतिहास, ३२ औँ पटक सगरमाथाको शिखरमा पुग्दै आफ्नै रेकर्ड ब्रेक
प्रकाशित मिति : 17 May, 2026 4:04 pm
काठमाडौँ । कामिरिता शेर्पा ले फेरि इतिहास रचेका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा मा ३२ औँ पटक सफल आरोहण गर्दै उनले आफ्नै विश्व कीर्तिमान तोडेका हुन् ।
सेभेन समिट ट्रेक्सका अनुसार ५६ वर्षीय कामिरिता आज बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोही हुन् ।
सन् १९९४ मा पहिलो पटक सगरमाथा चढेका कामिरिताले त्यसयता लगातार नयाँ इतिहास बनाउँदै आएका छन् । ३२ औँ सफल आरोहणसँगै उनले फेरि आफ्नै रेकर्डलाई उचाइ दिएका छन् ।
नेपालको पर्वतारोहण क्षेत्रमा कामिरिताको यो उपलब्धिलाई अर्को गौरवपूर्ण क्षणका रूपमा हेरिएको छ ।








