सेन्ट्रल एक्स्चेञ्ज काउन्टरकाे इजाजतपत्र खारेज
प्रकाशित मिति : 20 May, 2026 11:58 am
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रा.लि. को इजाजतपत्र खारेज गरेको छ ।
कास्कीको पोखरा ६ मा रहेको परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्न इजाजतपत्रप्राप्त यस कम्पनीले कारोवार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपले निवेदन पेश गरेको थियो ।
नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ मा भएको व्यवस्थाबमोजिम २०८३ वैशाख ३० गतेको निर्णय अनुुसार उक्त मनिचेञ्जरको इजाजतपत्र खारेज गरिएको जनाएको छ ।








