७ जेष्ठ २०८३, बिहिबार

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियाको बाटो खुल्याे

प्रकाशित मिति :  21 May, 2026 4:16 pm


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियाको बाटो खुलेको छ ।

उच्च अदालत पाटनले अन्तरिम आदेश नदिएपछि भोली हुन लागेको उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियाका लागि बाटो खुलेको हो ।

प्रक्रिया मिचेर वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्न लागिएको भन्दै मिति तय भएपछि प्रक्रिया मिचिएको भन्दै हेमराज ढकाल, किशोर प्रधान, नरेन्द्र खड्का र प्रल्हाद दाहालले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

हिजो अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालतले आज दुबै पक्षसँग छलफल पछि अन्तरिम आदेश जारी नहुने निर्णय दिएको हो ।



प्रतिक्रिया दिनुहोस !