एआरके र करिश्मा शाहीको अभिनय रहको ‘आगै आगो’ गीत सार्वजनिक
काठमाडौं । कास्पर प्रोडक्सनले नयाँ नेपाली गीत ‘आगै आगो’ सार्वजनिक गरेको छ । ऊर्जा, भावनात्मक प्रस्तुति तथा शक्तिशाली संगीत संयोजन समेटिएको यस गीतलाई पार्टी, क्लब, यात्रा तथा सामाजिक जमघटका लागि उपयुक्त बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
सार्वजनिक गरिएको गीतमा गोविन पुन, उत्सव नेपाल र सम्झना योङहाङको स्वर रहेको छ भने गीतका शब्द कृष्ण ज्ञवालीले लेखेका हुन्। गीतको संगीत तथा कार्यकारी निर्माणको जिम्मेवारी गोविन पुनले सम्हालेका छन्। त्यसैगरी संगीत संयोजन, मिक्सिङ र मास्टरिङ दिनेश श्रेष्ठले गरेका छन् भने लक्ष्मी ज्ञवाली निर्माता रहेकी छन्।
गीतको भिडियोमा अर्जुन खड्का (एआरके) र करिश्मा शाहीको अभिनय देख्न सकिन्छ। भिडियो छायांकन सौगात श्रेष्ठ र उनको टोलीले गरेको छ भने डीओपीको जिम्मेवारी देव दोर्जे लामाले निभाएका छन्। मेकअप स्वस्तिका स्टुडियो र स्मृति अधिकारीले गरेका छन् भने उषल कार्की ट्रेकरको भूमिकामा रहेका छन्।
भिडियो निर्देशन तथा कोरियोग्राफी सञ्जय विश्वकर्मा (खिमजन) ले गरेका छन् भने सहायक निर्देशन साजन गुरुङ (हन–जी) ले गरेका छन्।
निर्माण टोलीले गीतलाई उच्च ऊर्जा भएको नेपाली डान्स गीतका रूपमा प्रस्तुत गर्दै शक्तिशाली ‘बेस’ संगीत, आकर्षक नृत्य प्रस्तुति र आधुनिक शैलीका कारण दर्शकमाझ लोकप्रिय बन्ने अपेक्षा व्यक्त गरेको छ। साथै टिकटक, रिल्स तथा डान्स कभरका लागि समेत गीत उपयुक्त हुने विश्वास गरिएको छ।
गीत निर्माणमा यूभी मगर, रवि मगर, प्लान–बी क्लब बुटवल, नियालो रेस्टुरेन्ट एन्ड होटल बुटवल, नेसन डान्स स्टुडियो बुटवल र एसके डान्स स्टुडियो बुटवलले सहयोग गरेका छन्। त्यस्तै गीतको मिडिया पार्टनरका रूपमा टक्सार म्याग्जिन रहेको छ।








