घट्याे सुनचाँदीकाे मूल्य
प्रकाशित मिति : 24 May, 2026 11:35 am
काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९० हजार ९०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १०५ रूपैयाँले घटेर ५ हजार १० रूपैयाँमा कारोबार भइरहेको छ ।








