१२ जेष्ठ २०८३, मंगलबार

किसानलाई मलको व्यवस्था नभएकोमा रास्वपा सांसद सिंहको आपत्ति

प्रकाशित मिति :  26 May, 2026 2:15 pm


काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले रोपाईँ शुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गरे । सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

उनले भने,”उखु किसानले अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् । यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस । र, सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस । दोस्रो कुरा म सरकारसँग आग्रह गर्न चाहन्छु कि अव रोपाईंको सिजन सुरु हुने बेला छ । पर्याप्त मलको व्यवस्था सरकारले गरोस । किनकी अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन । अब १०/१५ दिन पछि रोपाईंको सिजन शुरु हुन्छ । तेस्रो बागमतीको कटानको उचित व्यवस्थापन गरियोस् ।”

सांसद सिंहले वागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने काममा पनि सररकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !