नेपाल प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । नेपाल प्रहरीले १३ जना डीएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीको जनपद तथा प्राविधिक समूहअन्तर्गत कार्यरत १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले बुधबार सो निर्णय सार्वजनिक गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार नामावली प्रकाशन गरिएको जनाइएको छ।
जनपद समूहतर्फ कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर मोरङको बजेट शाखामा कार्यरत डीएसपी ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
यस्तै, स्वास्थ्य उपसमूह (चिकित्सक) तर्फ ९ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिस सूचीमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. विकल श्रेष्ठ, डा. बोध बिक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नमन लामिछाने, डा. दिपा चुडाल, डा. सुवास थापा र डा. भवानी गुरुङ रहेका छन् ।
इन्जिनियरिङ उपसमूहतर्फ (कम्प्युटर) ३ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिसमा ई. रामकुमार बस्नेत, सुनिल कुमार वरनवाल र राजन महर्जन छनाेटमा परेका छन्।








