सुनको मूल्य ५५ सय रूपैयाँले घट्यो
प्रकाशित मिति : 28 May, 2026 11:13 am
काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ५०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९० हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८५ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २१५ रूपैयाँले घटेर ४ हजार ८६५ रूपैयाँ कायम भएको छ ।








