मन्त्रिपरिषद् बैठक बोलाइयो, संसदमा पेश हुने बजेट पारित गर्ने
प्रकाशित मिति : 29 May, 2026 12:35 pm
काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
दिउँसो साढे २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३ /८४ का लागि संसदमा पेश गरिने बजेट पारित गर्ने कार्यसूची रहेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्बाट पारित भएपछि दिउँसो ४ बजे सिंहदरबारमा बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट पेश हुने छ ।
जेनजी विद्रोहपछि गत फागुन २१ गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै दुईतिहाई बहुमत ल्याएको रास्वपा नेतृत्व सरकारले पहिलोपटक बजेट ल्याउन लागेको हो । संसदमा पेश हुनुअघि मन्त्रिपरिषद्बाट बजेट पारित गर्नुपर्ने परम्परा छ ।






