१५ जेष्ठ २०८३, शुक्रबार

नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने

प्रकाशित मिति :  29 May, 2026 4:47 pm


काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ ८४को बजेट सार्वजनिक गर्दै नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्ने घोषणा गरेका हुन् ।

टेलिकमको ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने अर्थमन्त्री डा. वाग्लेले बताए । सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !