२१ जेष्ठ २०८३, बिहिबार

रोल्पामा जिप दुर्घटना, तीनजनाको मृत्यु

प्रकाशित मिति :  4 June, 2026 10:48 am


दाङ । रोल्पामा भएको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोलास्थित सडकबाट जिप खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना पुरूष र एक जना महिला रहे पनि पहिचान खुल्न सकेको छैन । जिप झण्डै ६ सय मिटर तल घसेको छ ।

दाङबाट फर्कदै गरेको जीप दुर्घटनामा परेको र घटनास्थलमा जस्ता पाता, पाइप लगाएका सामग्री फेला परेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !