भारत भ्रमणमा रहेका लामिछाने अयोध्यामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोली भारत भ्रमणका क्रममा अयोध्या पुगेको छ।
पाँच दिने भारत भ्रमणमा दिल्ली केन्द्रित भेटघाटमा व्यस्त रहेका लामिछाननेले भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय संवाद गरेका छन्।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर र गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। त्यस्तै, भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता नितिन नवीनलगायतसँग पनि उनले छलफल गरेका थिए।
दिल्ली बसाइका क्रममा लामिछानेले भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरसँग समेत संवाद गरेको स्रोतले जनाएको छ। नेपाली राजनीतिकमा उनको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।
उच्च राजनीतिक भेटघाटपछि लामिछानेको टोली आज अयोध्या पुगेको हो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या भ्रमणलाई राजनीतिक र कूटनीतिक भेटहरूको निरन्तरताका रूपमा पनि हेरिएको छ।
जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका लामिछाने आज स्वदेश फर्किने कार्यतालिका रहेको छ ।








