तोलामा १० हजार ५०० रुपैयाँले घट्यो सुन
प्रकाशित मिति : 19 June, 2026 11:48 am
काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १० हजार ५०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९७ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३०५ रूपैयाँले घटेर ४ हजार ६४० रूपैयाँ कायम भएको छ ।








