सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढ्यो
प्रकाशित मिति : 22 June, 2026 11:07 am
काठमाडौँ । नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर दुई लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ९०० रुपैयाँ रहेको थियो।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला चार हजार ६९० रुपैयाँ रहेको चाँदी सोमबार ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।








