८ असार २०८३, सोमबार

कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद

प्रकाशित मिति :  22 June, 2026 11:25 am


काठमाडौँ । कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सत्र नम्बर क्षेत्रको कोशी नदी किनारबाट प्रहरीले १६८ केजी गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार ट्युब र बाँसको सहायताले बेवारिसे अवस्थामा राखिएको ९ वटा प्लास्टिकका बोराबाट उक्त परिमाणको गाँजा फेला परेको हो।

बरामद गरिएको गाँजा कसले र किन त्यहाँ राखेको भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !