२४ असार २०८३, बुधबार

सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु, पहुँचयुक्त र समावेशी सेवा प्रवाहमा जोड

प्रकाशित मिति :  8 July, 2026 12:40 pm


काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्न मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ।

शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालय परिसरभर ह्वीलचेयर सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार अब सेवाग्राहीले आवश्यकताअनुसार ह्वीलचेयर प्रयोग गरी सहज रूपमा सेवा लिन सक्नेछन्। यस व्यवस्थाले विशेषगरी अपाङ्गता भएका व्यक्ति र शारीरिक रूपमा अशक्त नागरिकको सेवा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

समावेशी शासन, समान पहुँच र नागरिकमैत्री सेवा प्रवाहप्रतिको सरकारी प्रतिबद्धताअनुरूप यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ। सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर आगामी दिनमा पनि यस्ता सुधारका कार्यक्रमलाई निरन्तरता दिइने मन्त्रालयको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !