३१ श्रावण २०८३, आइतबार

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  22 July, 2026 11:00 am


काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः४० बजे बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङसहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस !