२४ श्रावण २०८३, आइतबार

हराइरहेका कपिलबस्तुको पूर्व मेयर जंगलमा मृत फेला, घटना अनुसन्धान जारी

प्रकाशित मिति :  9 August, 2026 2:09 pm


काठमाडौँ । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन् । सिंहको शव कपिलवस्तुको गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सिंह कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रबाट हराएका थिए । नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो।



प्रतिक्रिया दिनुहोस !