४ जेष्ठ २०८१, शुक्रबार

सरकारले अन्तर्राष्‍ट्रिय सीमाना साउन ६ गते सम्म बन्द गर्ने

प्रकाशित मिति :  2 July, 2020 11:30 pm


१८ असार, काठमाडौं ।
सरकारले अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन रोक्न साउन ६ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेका छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले यसअघि असार १६ गते मङ्गलबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई समय थप गर्दै साउन ६  गते मङ्गलबार सम्म बन्द गर्ने निर्णय सुनाए।

सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने करिव ३० करोड ८० लाख रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले संयुक्त राष्ट्र संघमा नेपालको स्थायी नियोग जेनेभाका लागि सहसचिव र उपसचिव स्तरका २ अस्थायी दरबन्दी नवीकरण तथा स्वीकृत गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश पहिलो संशोधन २०७७ स्वीकृत गर्ने निर्णय पनि गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

यसैगरी, बिदामा नेपाल आएका तथा भिसा अवधि र करार अवधि बाँकी रहेकाको हकमा स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी वैदेशिक रोजगारीमा जान सहमति दिने निर्णय पनि सरकारले गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !