रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो, बेपत्ताको पहिचान खुल्यो
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका –०५ उवा कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।
बेपत्ता हुने ९ जनाको पहिचान भएको छ । मृत्यु हुनेमा थबाङ गाउँपालिका ५ बस्ने अन्दाजी १८ वर्षीया शान्ति पुन शान्ति पुन मगर,
६० वर्षीय कमल बहादुर पुन मगर र ७१ वर्षीय मनरखी पुन मगर रहेका छन् । घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर, २५ वर्षीय संजय घर्ती मगर रहेका छन् ।
यस्तै बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन, वर्षिय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर रहेका छन् । यस्तै ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर पनि बेपत्ता भएका छन् ।
हिजो बेलुकी करिब ८ः४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् ।







