७ बैशाख २०८१, शुक्रबार

भारतमा आपराधिक समूहसँगको गोली हानाहानमा डीएसपीसहित ८ प्रहरी मारिए

प्रकाशित मिति :  3 July, 2020 8:10 am


काठमाडौं,१९ असार ।

भारतको कानपुरमा अपराधीलाई पक्राउ गर्नेक्रममा भएको आक्रमणमा एक जना डीएसपीसहित ८ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा प्रहरीहरु घाईते भएका भारतीय सञ्चार माध्यामले जनाएका छन् ।

राज्यका पुलिस महानिर्देशक हितेशचन्द्र अवस्थीले कानपुर क्षेत्रका एक खुंखार अपराधी मानिने विकास दुबेलाई पक्राउ गर्न चौबेपुर प्रहरी चौकीबाट गएको प्रहरी टोलीमाथी गोली प्रहार भएको थियो ।

जेसीबी राखेर बाटो अपरोध गरेका अपराधिक समूहले प्रहरी पुगेपछि छतबाट गोली चलाउन सुरु गरेका थिए । घटनापछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । थप विवरणहरु आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !