२ भदौ २०८३, मंगलबार

मकवानपुर जिप दुर्घटना : गम्भीर घाइते चार जनालाई काठमाडौँ ल्याइयो

प्रकाशित मिति :  18 August, 2026 11:21 am


photo : nepal army

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा जिप दुर्घटना हुँदा घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनीहरूलाई उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो।

मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।

जिपमा उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए। दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेकाले नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !