शंखमुल हत्या प्रकरण : फरार आरोपी पटेल मकवानपुरबाट पक्राउ
प्रकाशित मिति : 21 August, 2026 3:47 pm
काठमाडौँ । काठमाडौँको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा २२ वर्षीय वसन्त कालाथोकीको हत्या प्रकरणमा फरार रहेका प्रमित पटेल पक्राउ परेका छन्।
पटेल कालाथोकीमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका थिए । घटनामा संलग्न आरोपमा १८ वर्षीय शेखर यादव यसअघि नै पक्राउ परिसकेका छन्।
फरार रहेका पटेललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो। उनलाई काठमाडौँ ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीको उपचारकाक्रममा काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा मृत्यु भएको थियो ।









