उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ
प्रकाशित मिति : 24 August, 2026 10:17 am
काठमाडौँ । जिल्ला उदयपुर कटारी नगरपालिका ४ स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ ।
चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ केजी गाँजा बरामद गरिएको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारिएको थियो ।
टिपरका चालक सोम मगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








