बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
प्रकाशित मिति : 25 August, 2026 9:55 am
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिँदैछन् ।
उनले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने लागेका हुन । यसअघि पटक–पटक स्थगित भएको बैठक हिजो राति ८ बजे बस्ने भनिए पनि बस्न नसकेपछि आजका लागि बोलाइएको हो ।
मुख्यमन्त्री थापालाई विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक छ। एमाले र नेकपाका सबै सांसदको समर्थन भए पनि दुई मत अपुग हुने भएकाले राप्रपाका कम्तीमा नौ सांसदको समर्थन आवश्यक पर्नेछ।








