११ भदौ २०८३, बिहिबार

रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला

प्रकाशित मिति :  27 August, 2026 8:20 am


काठमाडौँ । रसुवामा आएको बाढी तथा पहिरोमा परी बेपत्ता भएकामध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ।

प्रहरी बुलेटिनअनुसार बिहीबार बिहान ५ बजेसम्मको बाढी तथा पहिरो प्रभावित ८ जिल्लाबाट १६२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

प्रहरीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस !