१४ भदौ २०८३, आइतबार

कृष्णभीरमा सडक भासिएपछि काठमाडौं–मुग्लिङ सडक अवरुद्ध

प्रकाशित मिति :  30 August, 2026 9:50 am


त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । 

भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा धादिङको कृष्णभीर क्षेत्रमा सडकको तल्लो भागबाट कटान भई सडक भासिएपछि यातायात ठप्प भएको हो ।

त्रिशूलीमा आएको तिब्र बहावले सडकको जगबाटै कटान शुरु गरेपछि सडक भासिएको र सवारी आवागमन असुरक्षित बनेको हो ।

आइतवार बिहान केही समयका लागि सञ्चालनमा आएको यो सडकखण्ड पुनः कटान बढ्न थालेपछि पूर्ण रूपमा बन्द गरिएको छ । मुख्य राजमार्ग नै अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !