१९ भदौ २०८३, शुक्रबार

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

प्रकाशित मिति :  4 September, 2026 10:17 am


काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

उद्धार हुनेमा आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्।

उद्धारपछि उनीहरूले सुरुङभित्र अझै केही व्यक्ति रहेको जानकारी आफूहरूले पाएको बताएका छन्।

उद्धार गरिएका साह र महर्जनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको छ।



प्रतिक्रिया दिनुहोस !