१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिसँग छलफल, परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटार बोलाईयो

प्रकाशित मिति :  4 July, 2020 6:53 pm


Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari

काठमाडौं,२० असार ।

पार्टीमा गम्भीर संकट देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज पनि छलफल गरेका छन् ।

आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयास गर्ने भनेपनि पार्टीभित्र छलफल हुन सकेको छैन । दोस्रो तहका नेताहरुले शिर्ष नेतालाई एकताका लागि दबाव दिने प्रयास गरेपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।

प्रधानमन्त्री राष्ट्रपति निवास जाँदै गर्दा मन्त्रीहरुलाई बालुवाटार बोलाईएको छ । मन्त्रीहरुलाई अनौपचारिक छलफलका लागि बालुवटार बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनले भने,‘ औपचारिक मन्त्रिपरिषद् बैठक होईन पछिल्लो जटिल अवस्थाबारे छलफल परामर्श गर्न मन्त्रीहरुलाई बोलाईएको हो । ’ अनौपचारिक छलफल भनिएपनि केही मन्त्रीहरुले भने अन्योलता व्यक्त गरेका छन् ।

यसअघि बोलाएर एकाएक संघीय संसदको चालु अधिवेशन अन्त्य गरिएकाले केही मन्त्रीहरुले अन्योलता व्यक्त गरेका हुन् । केही मन्त्री निकट स्रोतका अनुसार बैठक औपचारिकतामा पनि बदलिन सक्छ ।

सत्तारुढ नेकपा भित्र पार्टी अध्यक्ष एवं केपी शर्मा ओलीले दुबै पद छोड्नुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष रहेपनि त्यसलाई ओलीले अस्वीकार गरिरहेका छन् । पछिल्लो समय पार्टीका नेताहरुले नै पार्टी एकता संकटमा गरेको अभिव्यक्ति दिईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !