१९ बैशाख २०८१, बुधबार

भक्तपुरमा इनारबाट निस्कियो ग्याँस

प्रकाशित मिति :  7 July, 2020 2:37 pm


भक्तपुर, २३ असार ।

चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छन् । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उहाँको अनुहारसहित केही भाग जलेको हो ।

उनकाे साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकी थिइन् । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ ।

सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !