१९ बैशाख २०८१, बुधबार

चिनियाँ दुतावास अगाडि नेविसंघको प्रदर्शन

प्रकाशित मिति :  7 July, 2020 5:54 pm


काठमाडौं, २३ असार । 

कूटनीतिक मर्यादाविपरीत चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार   दिऊसो चिनियाँ दूतावास अगाडि  मौन प्रदर्शन गरेका छन् ।

देशको आन्तरिक मामिलामा हस्तक्षेप कदापि स्वीकार्य नहुने भन्दै  उनीहरूले “गो ब्याक चाईना” र राजदूत यान्छीको तस्बिर प्ले कार्डसहित मौन रूपना  प्रदर्शन गरेका थिए ।

राजदूत यान्छीले नेकपाभित्र रहेको विवादकै बेला नेकपाका नेता भेट्न  गए पश्चात त्यसको बिरोधमा प्रदर्शनमा उत्रिएको नेवि संघकी नेतृ एलिजा ढकालले लुम्बिनी संचारलाई बताईन् ।

यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् ।खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।



प्रतिक्रिया दिनुहोस !