१३ बैशाख २०८१, बिहिबार

नेकपा बैठक :  मिति तोक्दै स्थगित गर्दै

प्रकाशित मिति :  8 July, 2020 10:38 am


काठमाडौं, २४ असार ।

आन्तरिक द्धन्द्ध चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक फेरी स्थगित गरिएको हो ।

अर्को बैठक २६ गते बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । पार्टी फुटको संघारमा गएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिका लागि मिति तोक्दै स्थगित गरिएको छ ।

पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दवाव पनि दिँदै आएका छन् । नेकपा स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो ।

तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवन नेपाल पक्षले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पद छोड्नुपर्ने भनेपछि नेकपा गम्भीर संकटमा परेको छ । अध्यक्षले ओलीले दुबै पद नछोड्ने बताएपछि नेताहरुले पार्टी फुटको बाटोमा गएको भन्दै रोक्नुपर्ने बताउँदै आएका छन् ।

स्थायी कमिटी बैठक स्थगित गर्दै सहमतिको प्रयास गर्ने भनेपनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !