२६ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेस बाँकेका नेता मल्ल पार्टीबाट निष्काशित

प्रकाशित मिति :  8 July, 2020 1:45 pm


काठमाडौं, २४ असार ।

नेपाली कांग्रेसले बाँकेका नेता महेन्द्र मल्ललाई पार्टीबाट निष्काशन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टीका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निष्काशन गरेको हो ।

पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले बाँकेका नेता मल्लले पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्दै ५ बर्षका लागि पार्टीबाट निष्काशनको कारवाही गरेको हो सचिव प्रेम के.सी.ले  आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !