३ जेष्ठ २०८१, बिहिबार

सिन्धुपाल्चोकको जम्बु बजारमा बाढी पस्दा १९ जना सम्पर्कविहिन ,२ जनाको शव भेटियो

प्रकाशित मिति :  9 July, 2020 7:49 am


बाढीले क्षति पुराएको सिन्धुपाल्चोकको जम्बु बजार

काठमाडौं, २५ असार।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको गातिस्थित जम्बु बजारमा बाढी पस्दा १४ घरका १९ जना सम्पर्कविहिन भएका छन् । बाढीले १४ वटा घर बगाएको छ ।

राति १ बजेतिर भोटेकोशी र ठाडोखोलामा आएको बाढीले जम्बु बजारमा ठूलो क्षति पुगेको हो । अविरल वर्षाका कारण गएको पहिरोले सिंगै बजार बगाएको छ । अहिलेसम्म २० वर्षीय निकेश श्रेष्ठ र ३ वर्षिय बालिकाको शव भेटिएको छ ।

बाह्रविसेमा रहेको नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्यमा खटिएका छन् ।

बाढीले लामोसाँघु बजारको सिरानमा रहेको सुनकोशीको जलविद्युत आयोजनाको ड्याम रहेको स्थानमा अरनिको राजमार्ग समेत बगाउदा बाह्रबिसे जाने बाटो समेत बन्द भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !