९ जेष्ठ २०८१, बुधबार

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

प्रकाशित मिति :  9 July, 2020 1:54 pm


काठमाडौं, २५ असार ।

जनता समाजवादी पार्टी नेपाल निर्वाचनबाट औपचारिक रुपमा मान्यता पाएको छ ।

आयोगको बुधबार बसेको बैठकले जसपा दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । ‘जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिने र दर्ता गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने।

यस अगाडि  समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएसँगै जनता समाजवादी पार्टीका नेताहरुले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।  जनता समाजवादी पार्टी दर्ताको प्रमाण पत्र भने शुक्रबार दिइने आयोगले जानकारी दिएको छ ।

जेठ २५ गते समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याए लगत्तै दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति भएको थियो ।

अर्को दिन नै निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएपनि नेतृत्वमा सहमति जुट्न नसक्दा निर्वाचन आयोगमा पार्टी दर्ता हुन सकेको थिएन ।

जेठ २५ गते अन्तिम समयसम्म पनि ठाकुर र यादवसँगै तीन अध्यक्ष राखेर दल दर्ता गर्ने सहमति भएको थियो । तर निर्वाचन आयोग पुगेका नेताहरुले अन्तिम समयमा भट्टराईको नाम हटाएर दल दर्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !