१८ बैशाख २०८१, मंगलबार

भारतको कानपुरमा आठ प्रहरीको हत्या आरोपमा पक्राउ परेका विकास दुबे प्रहरी इन्काउन्टरमा मारिए

प्रकाशित मिति :  10 July, 2020 8:23 am


काठमाडौं, २६ असार ।

भारतको कानपुरमा आठ प्रहरीको हत्याको सूत्रधार मानिएका विकास दुबे मारिएका छन् ।  हिजो मात्रै पक्राउ परेका दुबेलाई पक्राउपछि कानपुर लैजानेक्रममा प्रहरीले इन्काउन्टर गरेको हो ।

भारतीय मिडियाका अनुसार विकास दुबे भाग्ने प्रयास गरेका थिए ।  दुबेको शवलाई लाला लाजपत राई अस्पताल पुराईएको छ । विकास दुबेलाई उत्तर प्रदेशको उज्जैनबाट कानपुर लैजाने क्रममा  एसटीएफको गाडी आज बिहान दुर्घटना भएको थियो ।

गाडी दुर्घटना भएपछि दुबे प्रहरीको हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको भारतीय सञ्चार माध्याममा उल्लेख छ । गाडी दुर्घटना भएको केही किलोमिटरको दुरीमा विकास दुबे र प्रहरीबीच भिडन्त भएको बताईएको छ । गोली लागेर गम्भीर घाईते दुबेको मृत्यु भएको छ ।

यूपी एसटीएफका अधिकारीहरूले अझै पनि दुर्घटनाको बारेमा केही भन्न मानिरहेका छैनन् । मिडियाको आँखाबाट विकास दुबे बचाउनको लागि तिब्र गतिमा अगाडी गुडेको गाडी दुर्घटना भएको उल्लेख छ ।

दुबे मध्य प्रदेशको उज्जैनबाट हिजो पक्राउ परेका थिए । विकास दुबेले आत्मसर्मपण गरेको मनिएको थियो ।  विकास दुबेले आत्मसमर्पण गर्नुअघि स्थानीय मिडियालाई जानकारी गराएका थिए।

आफूलाई इन्काउन्टर गर्ने दुवेलाई आशंका भएका कारण पक्राउ पर्नुअघि मिडियालाई जानकारी गराएको आकलन थियो । यसपछि उनले उज्जैनको महाकाल पुलिस स्टेशन नजिकै स्थानीय पुलिससामु आत्मसमर्पण गरेको भारतीय सञ्चारमाध्यमको आशंका थियो ।

भारतको कानपुरमा अपराधीलाई पक्राउ गर्नेक्रममा भएको आक्रमणमा असार १९ गते एक जना डीएसपीसहित ८ जनाको मृत्यु भएको थियो । ठूलो संख्यामा प्रहरीहरु घाईते भएका थिए । दुबेलाई पक्राउ गर्न चौबेपुर प्रहरी चौकीबाट गएको प्रहरी टोलीमाथी दुबैको समूहबाट गोली प्रहार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !