१३ बैशाख २०८१, बिहिबार

दङ्गाली संगीतकार श्रेष्ठले बनाए वर्ल्ड रेकर्ड, एउटै गीतलाई १२ भाषामा संगीत दिएकोमा विश्व किर्तिमान

प्रकाशित मिति :  10 July, 2020 6:59 am


घोराही, २६ असार ।

दङ्गाली गायक तथा संगीतकार सन्तोष श्रेष्ठको नाम गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

श्रेष्ठले एउटै गीतलाई अन्तर्राष्ट्रिय १२ भाषामा संगीत गरेका कारण गिनीज बुक अफ द वल्र्ड रेकर्डमा नाम राख्न सफल भएका हुन्।

वर्ल्ड रेकर्ड कायम गरेको गित डिआर उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १२ भाषामा रेकर्डिङ गरिएको छ।

दिलमा चोट लाग्दा, तिमीले पराइ ठानेपछि लगायतका सयौ गीतहरुमा संगीत भरेका दाङ्गको हापुरमा जन्मिएका श्रेष्ठ काठमाडौं कर्मथलो बनाइ संगीतकर्ममा छन् ।

सुगम संगीतको क्षेत्रमा  लोकप्रिय संगीतकारको रुपमा चिनिने उनको वर्ल्ड रेकर्ड कायम गरेको  गीतमा सागर अधिकारी, प्रकाश तिमल्सिना र डा. डि आर उपाध्यायको स्वर छ। यो गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन्।

गएको ११ मार्च २०२० मा गिनिज बुक अफ वर्ल्ड रेकर्डले प्रमाण पत्र उपलब्ध गराउन निर्णय गरेको हो। यो खबरले हाल श्रेष्ठलाई बधाइको ओइरो आएको छ।

बधाइ दिनेलाई धन्यवाद व्यक्त गर्दै उनले पाएको यो सफलताले थप जिम्मेवार भएर काम गर्ने उर्जा थपेको बताए।

 



प्रतिक्रिया दिनुहोस !