२३ बैशाख २०८१, आइतबार

दाउन्नेमा पहिरो खस्दा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, ट्रक र कारमा क्षति

प्रकाशित मिति :  14 July, 2020 10:10 am


दाउन्नेमा खसेरको पहिरोले क्षति पुराएको ट्रक र कार

नवलपरासी पूर्व, ३० असार । 

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको   छ ।

दाउन्नेको मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नं को कार र ना ६ ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ ।

सो स्थानमा खसेको पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ । बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !