२८ भदौ २०८३, आइतबार

स्याङ्जामा पहिरोले पुरिएर पूर्व गाविस अध्यक्षको मृत्यु, तीन वेपत्ता

प्रकाशित मिति :  14 July, 2020 12:37 pm


रुपन्देही, असार ३० ।

स्याङ्जामा पहिरोले पुरिएर पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ भने वडा सदस्यसहित दुईजना घाइते भएका छन् । तीन जना बेपत्ता छन्।

पहिरोले पुर्दा कालीगण्डकी गाउँपालिका–४ बिर्घा खहरेका पूर्वगाविस अध्यक्ष इमानसिंह रानाको मृत्यु भएको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए। पहिरोमा परेका बिर्घाकै वडा सदस्य हुमाकन्त पाण्डे र बुद्ध रानाको घाईते अवस्थामा उद्वार गरिएको छ भने प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता छन् ।

पहिरोले पुरिएका इमानसिंहको घट्ना स्थलमै मृत्यु भएको हो। घाइतेहरु बुद्ध र हुमकान्तको बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेका छ। अन्य तीन जनाको खोजी कार्य भइरहेको छ ।  गाउँमा खानेपानीको धारा नआएपछि मुलमा पुगेका उनीहरूलाई माथिबाट खसेको पहिरोले आज बिहान पहिरोले पुरेको हो।

घटनाबारे थप विवरण आउन बाँकी छ। घटनाप्रति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले दुःख व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री अर्यालले घटनाले आफूलाई दुखी बनाएको भन्दै उद्धार कार्य तिब्र बनाउन आग्रह गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !