८ बैशाख २०८१, शनिबार

सिँचाइ डिभिजन कार्यालय खोटाङ प्रमुख ९ लाख ३४ हजार रुपैयाँ घुस सहित पक्राउ

प्रकाशित मिति :  14 July, 2020 7:47 pm


काठमाडौं, असार ३० । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिँदै गर्दा टोलीले आज कार्यालय प्रमुख श्रेष्ठलाई रङ्गेहात पक्राउ गरेको हो ।

आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई घुस रकमसहित कार्यालय परिसरबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएका छन् । श्रेष्ठको साथबाट श्रोत नखुलेको ९९ हजार ५ रुपैयाँ रकम पनि जफत गरिएको छ ।

श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांश ठेकेदार तथा उपभोक्ता समितिसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो थियो ।



प्रतिक्रिया दिनुहोस !