१४ बैशाख २०८१, शुक्रबार

गीतकार लोकराज अधिकारीको ‘आयो तीज’

प्रकाशित मिति :  15 July, 2020 9:40 am


काठमाडौं, असार ३१ ।

नेपाली   हिन्दु महिलाहरूको महान चाड तीज नजिकिँदै छ । सङ्गीतको चाड मानिने यस तीजको अवसरमा एक पछि अर्को गर्दै नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।

यसैबिच गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत ‘आयो तीज ‘ सार्बजनिक भएको छ । समिक्षा र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोको निर्देशन त्रिशा केसीले गरेकी हुन् भने कोरियोग्राफी तेञ्जु योञ्जनले गरेका हुन् । गीतकार अधिकारीका यसअघि ‘जसो परेपर्ला ‘ ‘घन्किदे मादलु ‘ ‘ रे पटम भरर ‘ ‘नाच चेली ‘ ‘आमाले पकाएको दर’ लगायतका तीज गीत दर्शक स्रोतामाझ आइसकेका छन ।

अधिकारी नेपाली सुगम संगीत र चलचित्र गीत संगीतमा पनि स्थापित भैसकेका गीतकार हुन । लोकराजका ‘तिम्ले पराइ ठानेपछी ‘ ‘मर्छु बरु छट्पटीमा’ रुपै ‘मोहनी ‘ ‘बाजा बजाउदै ‘ लगायत दर्जनौ गीत दर्शक स्रोतामाझ लोकप्रिय छन् ।

 



प्रतिक्रिया दिनुहोस !