३ जेष्ठ २०८१, बिहिबार

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले पुरिएका ५ जनाको पहिचान (अपडेट)

प्रकाशित मिति :  16 July, 2020 11:29 am


काठमाडौं, साउन १ ।

गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङमा पहिरोले पुरिएका ५ जनाको पहिचान भएको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा एकैघरका १६ वर्षका याङ्जी शेर्पा, १४ वर्षका छिरिङवागु शेर्पा, ७५ वर्षका सुमवुट्टी शेर्पा, ३५ वर्षका साङ्बु शेर्पा र ४० वर्षका सेमङ शेर्पा रहेका भोटेकोशी गाँउपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

पहिरोले एउटा स्कूलमा पनि क्षति पुराएको उनले जानकारी गराएका छन् । बेलैमा प्रहरी नपुग्दा पहिरोमा पुरिएकालाई निकाल्न ढिलो भएको छ ।



प्रतिक्रिया दिनुहोस !